अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा
काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन्।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंले पोखरेललाई आज  साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

उनीविरुद्ध यसअघि ओझाकी जेठी श्रीमती हेमाले काठमाडौं जिल्ला अदालतमा मुद्धार दायर गरेकी थिइन्। मुद्धापछि अदालले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जीविरुद्ध पोखरेल उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन्।

तर, सर्वोच्चले उनको रिट २६ कात्तिकमा खारेज गरिदिएको थियो।

रिट खारेजसँगै पोखरेल आज जिल्ला अदालत उपस्थित भएकी थिइन्।

अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश मुकेश उपाध्यायको इजलासले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले देखापढीलाई जानकारी दिए।

निर्माता ओझा र जाहेरीकर्ता हेमाकुमारीबीच यसअघिनै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने जिल्ला अदालतले ठहर गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्