काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उत्पादनमा वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कार्यमा जोड दिनुपर्ने बताएकी छन्।
सहकारी विभागले आयोजना गरेको "स्थानीय तहका पदाधिकारीहरूबीच सहकारी नियमन तथा प्रवर्द्धन" विषयक अन्तरक्रिया गोष्ठीलाई आज रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, “उत्पादन वृद्धि: रोजगारी सृष्टि, अबको योजना हुनुपर्छ। अबको दिशा उत्पादनमार्फत् आर्थिक विकास गर्ने नै हो।”
उत्पादन सम्बन्धलाई जोड नदिइकन गरिबी निवारण गर्न नसकिने भन्दै मन्त्री अर्यालले कुल उत्पादनको ग्राह्रस्थ ३ वर्षमा दोब्बर भएको बताइन्।
राज्य सुखी नेपाली समृद्ध नेपालको दिशामा अगाडि बढेको भन्दै मन्त्री अर्यालले समृद्धिको बाटो नै मुलुक विकासको प्रमुख आधार भएको उल्लेख गरिन् । उनले भनिन्, “अब समाजमा कुनै खाडल रहन हुँदैन।त्यसका निम्ति आर्थिक समृद्धिको दिशामा अगाडि जानुपर्छ। त्यो हुनका निम्ति सरकार बलियो हुनुपर्छ।”
तरकारी उत्पादनमा नेपालले राम्रो गरेपनि फलफूल उत्पादनमा अत्यन्तै न्यून रहेको भन्दै मन्त्री अर्यालले उत्पादन वृद्धि गर्दै रोजगारी सृष्टि गर्दै जानुपर्ने आजको आवश्यकता भएको बताइन्। कृषि सहकारीले गर्दै आएको उत्पादन र बजारीकरण नमुना रहेको भन्दै उनले व्यवसायीक क्षेत्रमा लागेका साना किसानको उत्पादनमा प्रोत्साहन र बजारीकरणमा जोड दिनुपर्ने टिप्पणी गरिन्।
सहकारी स्थानीय तहमा हस्तान्तरण गरिसकेको र अनुगमन, नियमनदेखि दर्ता, खारेजी गर्नेसम्मका काम स्थानीय तहलाई जिम्मेवारी दिइएको मन्त्री अर्यालले जानकारी दिइन् ।
सिधै जनतामा पहुँच पुगेको क्षेत्र सहकारी भएको र ६५० अर्ब पूँजी परिचालन तथा तल बसेर मोटिभेशन भएको सामूहिक संस्था सहकारी भएकोले यसको महत्त्व धेरै भएको उनकाे भनाइ छ।
अर्को प्रसङ्गमा मन्त्री अर्यालले विभिन्न तथ्यले लिम्पियाधुरा पनि नेपालकै हो भन्ने देखिने भन्दै सीमा नक्शा तयार गर्दा दुई देशको सहमतिमा गर्नुपर्ने बताइन्। लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमा रहेको भन्दै उनले यसको समस्या समाधान गर्न सरकारले दुई पक्षीय वार्ताको पहल थालिसकेको जानकारी दिइन्।
कार्यक्रममा सहकारी विभागका रजिस्टार डा.टोकराज पाण्डेले सहकारीलाई स्थानीय तहसँग जोड्न कार्यक्रमको आयोजना गरिएको बताए।