छोरा ओसि अख्तरको न्यायका लागि लड्दालड्दै रुक्साना खातुनको पनि गोली हानी हत्या गरिएको थियो। अख्तरकी आमा मारिएपछि अहिले प्रहरीसमक्ष जाहेरीकर्ताको रूपमा त्रिलोकका बाबु श्रीनारायणसिंह राजपूत मात्र छन्।
उनको जाहेरी लिएर प्रहरीले आलमलाई २६ असोजमा रौतहटबाट पक्राउ गरेको थियो। १८ कात्तिकमा आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणको अभियोगमा रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
२१ कात्तिकदेखि अदालतमा थुनछेक बहस शुरू भएकोमा २२ कात्तिकमा सरकारी वकील र जाहेरवालाका वकीलले बहस सिध्याएका थिए। २३ र २४ कात्तिकमा सार्वजनिक विदा परेकाले २५ कात्तिकदेखि आलम पक्षका वकीलले बहस गरेका थिए।
आलम पक्षका वकीलको बहस २८ कात्तिकमा सकिएको थियो। आज सरकारी वकीलले जवाफ फर्काएका थिए।
थुनछेक बहस सकिएपछि न्यायाधीशले जाहेरीकर्ता र प्रतिवादी दुवैलाई आफ्ना कुरा राख्ने अनुमति दिएका थिए ।
न्यायाधीश ढकालको अनुमतिमा शुरूमा राजपुतले आफ्ना भनाइ राख्दै इजलासमा आलमलाई सोधे, “यदि तिमीहरूले दावी गरे जस्तै विस्फोट नै भएको होइन भने मेरो छोरो त्रिलोक कहाँ छ, मलाई देखाइदेऊ।”
उनले आफूलाई जाहेरी फिर्ता लिन तथा बयान फेर्न आलमका पक्षले निरन्तर दबाब दिइरहेको पनि इजलाससमक्ष खुलासा गरे।
त्यसपछि प्रतिवादी मोहम्मद अफताव आलमले घटना भएकै होइन भन्ने आफ्नो पुरानो दावी दोहोर्याए।
आफूले हिंशा र आतंकको राजनीति कहिल्यै नगरेको बताउँदै उनले शान्ति नै आफ्नो राजनीतिको मूल आधार भएको बताएका थिए।
दुवै तर्फको बहस सुनिसकेपछि जिल्ला न्यायाधीश ढकालले आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेका हुन्।
आलमलाई प्रहरीले जिल्ला कारागार रौतहट लैजाँदैछ।
" />

">