काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ मंसीरमा गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले आज निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भीर ध्यानाकर्षण गराएको हो।
कांग्रेस नेता एवम् अनुगमन समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरूको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को योजना छनौटका लागि भईरहेका परामर्श बैठकहरू तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरे।
कांग्रेस अनुगमन समितिले उपनिर्वाचन हुने जिल्लाहरूमा निर्वाचन प्रभावित हुने गरी मतदाताहरूलाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरूले विकास, निर्माणका योजनाहरू छनौट गर्ने गरेको दावी गर्दै त्यस्ता निर्वाचन आचारसंहिता विपरितका गतिविधि पनि तत्काल रोक्न आयोगको ध्यानाकर्षण गराएको छ।
निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतका कोहीबाट पनि हुन नदिन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको समितिका संयोजक लेखकले जानकारी दिए। १४ मंसीरमा ३७ जिल्लामा रिक्त रहेको प्रतिनिधिसभा सदस्य एक, तथा प्रदेशसभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ।
कांग्रेसले उपनिर्वाचन हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरूमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरूले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गर्ने काम गरिरहेको दावी गर्दै आएको छ।