बसको ठक्करबाट एकजनाको मृत्यु

धनुषा। बसको ठक्करबाट धनुषामा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन्। उनको उपचारका क्रममा मृत्यु भएको हो।

लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

घाइते भएका धिरेश साहको उपचार भइरहेको छ। बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्