कवियत्री जोशिका कँडेल सम्मानित
काठमाडाैं। अश्वीकृत विचार साहित्यका प्रमुख प्रवर्तक, सांस्कृतिक अभियन्ता डा. कविताराम श्रेष्ठको दोस्रो वार्षिक स्मृति दिवसका अवसरमा वरिष्ठ कवियत्री जोशिका कँडेललाई सम्मान गरिएको छ।

कार्यक्रममा नेकपाका नेता एवं पूर्वमन्त्री दीनानाथ शर्माले नेपाली भाषा, साहित्यको विकासका लागि साहित्यकारले जीवनभर संघर्ष गर्नुपर्ने बताए।

नेपाली भाषा क्षेत्रको स्तर वृद्धि हुन नसकेका कारण नै विदेशी भाषा, संस्कृतिको प्रभाव समाजमा बढ्दै गएको उनकाे भनाइ छ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका शर्माले डा. कवितारामले नेपाली भाषाको विकासका लागि गरेकाे संघर्षबाट साहित्यकारले प्रेरणा लिएर अथक परिश्रम गर्नुपर्ने बताए।

छन्द गुरू रामप्रसाद ज्ञवालीले नेपाली साहित्यकार छन्दमा कमजोर भएको कारण नयाँ कविले रचेका कविताहरू पाठकको रोजाइमा नपर्ने गरेको बताए।

बाल साहित्य समाजका अध्यक्ष प्रकाश नेपालले साहित्यले समाजमा कुरीति तथा कुसंस्कारबाट  परिवर्तन गरी नयाँ र समतामूलक समाज निर्माणमा सहयोग मिल्ने बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्