प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे, प्रेस सल्लाहकार थापा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे रनियुक्त प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त हुँदैछन्।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषदको बैठकले घिमिरे र थापालाई सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद् स्रोतले देखापढीलाई जानकारी दिएको छ।

घिमिरे भर्खरै सेवानिवृत्त राजश्व सचिव हुन्। थापा नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख हुन्।

यसअघि प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार रहेका कुन्दन अर्याललगायत आफ्नो सचिवालयका ६ जनालाई आजै पदमुक्त गरेका थिए।

त्यसैगरी,  प्रधानमन्त्रीले विकास विज्ञमा गजेन्द्र थपलियालाई नियुक्त गर्न लागेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो।

थपलिया ईञ्जिनीयर हुन्। उनले यसअघि पनि प्रधानमन्त्रीओलीको वरिष्ठ आर्थिक तथा विकास विज्ञका रूपमा काम गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्