सामूहिक बलात्कार आरोपमा युवा संघ र नेविसंघका नेता पक्राउ

" /> सामूहिक बलात्कार आरोपमा युवा संघ र नेविसंघका नेता पक्राउ

"> सामूहिक बलात्कार अभियोगमा युवा संघ र नेविसंघका नेता जेल चलान: Dekhapadhi
सामूहिक बलात्कार अभियोगमा युवा संघ र नेविसंघका नेता जेल चलान
काठमाडौं। १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको अभियोगमा युवा संघ र नेविसंघका नेता जेल चलान भएका छन्।

दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश गरेसँगै उनीहरूलाई नख्खु कारागार चलान गरिएको छ।

अदालतले आज आदेश दिएसँगै उनीहरूलाई कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले देखापढीलाई जानकारी दिए।

डीएसपी तामाङका अनुसार पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई ३ कात्तिकमा पाटनबाट पक्राउ गरि अनुसन्धान थालिएको थियो।

पोखरेल र गजुरेलले पीडित युवतीलाई २९ असोजमा सामूहिक बलात्कार गरेका थिए। ती युवतीलाई गजुरेलले कुमारीपाटीस्थित पोखरेलको कोठामा लगेको र उनीहरू दुबै जनाले बलात्कार गरेको अभियोगमा मुद्धाा चलाइएको थियो।

पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्वकेन्द्रीय सदस्य एवं हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य हुन्।

पढ्नुहाेस्

सामूहिक बलात्कार आरोपमा युवा संघ र नेविसंघका नेता पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्