प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा घिमिरे र प्रेस सल्लाहकार थापा नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे नियुक्त भएका छन्। त्यसैगरी प्रेस सल्लाहकारमा सूर्य थापा र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्त भएका छन्।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषदको बैठकले घिमिरे र थापालाई सल्लाहकारमा तथा थपलियालाई विज्ञको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

घिमिरे भर्खरै सेवानिवृत्त राजश्व सचिव हुन्। थापा नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख हुन्।

थपलिया ईञ्जिनीयर हुन्। उनले यसअघि पनि प्रधानमन्त्रीओलीको वरिष्ठ आर्थिक तथा विकास विज्ञका रूपमा काम गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार रहेका कुन्दन अर्याललगायत आफ्नो सचिवालयका ६ जनालाई आजै पदमुक्त गरेका थिए।

पढ्नुहोस्:

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे, प्रेस सल्लाहकार थापा

प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, प्रमुख सल्लाहकारमा रिमाल यथावत

प्रतिक्रिया दिनुहोस्