आलमलाई रौतहटबाट रातारात नक्खु कारागार ल्याइयो

काठमाडौं । अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई रातारात काठमाडौं ल्याइएको छ । उनलाई आज बिहान चार बजे नक्खु कारागार ल्याइएको हो ।

रौतहट प्रहरीका अनुसार आलमलाई हिंजो, २९ कात्तिक राति नौ बजे रौतहट प्रहरीको टोलीले रौतहटबाट लिएर आएको थियो । रौतहट जिल्ला अदालतले हिंजोमात्रै आलमलाई मुद्दाको बाँकी प्रक्रिया टुंगो नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रहरीले सुरक्षा संवेदनशीलताका कारण आलमलाई रौतहटमा नराखिएको जनाएको छ । शुरुमा आउन नमानेका आलम पछि भने राजी भएको एक प्रहरी अधिकृतले बताए । अदालतले आलमलाई सुरक्षाका दृष्टिले आवश्यक देखिए कारागार व्यवस्था विभागसँगको समन्वयमा गौर कारागारबाट स्थानान्तरण गर्नु भन्ने आदेश पनि गरेको थियो ।

यो पनि

यस्तो छ आलमलाई थुनामा पठाउने १० पृष्ठ लामो आदेश (पूर्णपाठ र भिडिओसहित)

प्रहरीलाई रौतहट जिल्ला अदालतको महत्त्वपूर्ण आदेश– ‘पीडित र साक्षीको बासस्थानको सुरक्षा गर्नू’

प्रतिक्रिया दिनुहोस्