तेन्दुलकरले भने- 'सुन्दर शहर काठमाडौं आउँदा खुशी छु'

काठमाडौं। भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफू काठमाडौं आउँदा खुशी भएको बताएका छन् । आज बिहान ट्वीट गर्दै उनले भनेका छन्, ‘नमस्ते नेपाल, सुन्दर शहर काठमाडौं आउन पाउँदा खुशी छु।’

झण्डै दुइ दशक अन्तर्राष्ट्रिय क्रिकेटमा छाएका सचिन संयुक्त राष्ट्रसंघ बालकोष ९युनिसेफ० का दक्षिण एशियाली सद्भावना दूतका रूपमा काठमाडौं आएका हुन् । त्यही भूमिकामा उनले बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेलेका छन् ।

आज कीर्तिपुरमा उनले नेतृत्व गरेको बालबालिकाको एउटा टोली र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले नेतृत्व गरेको बालबालिकाकै अर्को टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेलिएको छ।

पढ्नुहाेस्

कीर्तिपुरमा ‘लिटिल मास्टर’ (तस्वीरहरू)

कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै सचिन

नेपाल आए सचिन

प्रतिक्रिया दिनुहोस्