विरुवा रोपेपछि आयोजित कार्यक्रमलाई डा. श्रेष्ठले सम्बोधन गरे । सम्बोधनका क्रममा उनले करीब १५ वर्ष पहिलेको एउटा घटना सुनाए । उनले भने, “काठमाडौंमा टुँडिखेल जस्तो खुला ठाउँ भएन भने जाडो महीनामा काठमाडौंको आकाशमा चिसो हावाको बिर्को लाग्छ । त्यो बिर्कोले गर्दा अक्सिजनको कमी भएर १५ वर्ष अघि रानीपोखरीका सबै माछा मरेका थिए ।”
डा. श्रेष्ठले यो घटना सुनाउनुको खास कारण छ । उनकै शब्दमा, “अब त्यो समस्याले माछालाई मात्र होइन, मानिसलाई पनि समात्न सक्छ । अब बिस्तारै यहाँ मान्छेलाई पनि सास फेर्न गाह्रो अबस्था आउन सक्छ ।” त्यस्ता समस्याबाट बच्न पनि काठमाडौं उपत्यकामा खुला ठाउँ सुरक्षित नगरी नहुने अबस्था आएको उल्लेख गर्दै उनले भने, “टँुडिखेल भएन भने काठमाडौंको फोक्सो हराएको जस्तो हुन्छ ।”
कुनै समय टुँडिखेल विशाल मैदान थियो । मैदानको बीचमा ऐतिहासिक खरीको बोट थियो । विभिन्न समयमा सरकारले गरेका घोषणाहरुको एउटा साक्षीको रुपमा यो खरीको बोट पनि रहेको थियो । सन् १९२४ मा चन्द्रशमशेरले टुँडिखेलमा रहेको खरीको बोटको छहारीमा उभिएर नेपालमा दासप्रथा अन्त्य भएको घोषणा गरेका थिए ।
सन् १९३४ मा जुद्ध शमशेरले यही खरीको रुखमुनीबाट भुकम्पबाट प्रभावितहरूको लागि राहतको घोषणा गरेका थिए ।
बेलायतकी रानी एलिजाबेथ द्धितियालाई अभिनन्दन पनि त्यही खरीको बोटमुनी गरिएको थियो । त्यही खरीकै बोटको छहारीमा उभिएर विश्वेश्वरप्रसाद (वीपी) कोइराला, गणेशमान सिंह, जवाहरलाल नेहरू लगायतका नेताको भाषण सुनेको सम्झना डा. श्रेष्ठको मानसपटलमा ताजै छ ।
टुँडिखेलको महत्व यतिमै सीमित छैन । किनभने यसको राजनीतिक भन्दा ठूलो सांस्कृतिक महत्व पनि छ । डा. श्रेष्ठका अनुसार काठमाडौंवासीका विभिन्न जात्रा र पर्वको महत्व पनि टुँडिखेलसँग जोडिएको छ । ऐतिहासिक महत्व बोकेको यो खरीको बोट विभिन्न चरणमा टुँडिखेलसँगै मासिँदै गएको उनले बताए ।
डा. श्रेष्ठले भने, “टुँडिखेलमा रहेको खरीको बोटले राजनीतिक र सांस्कृतिक महत्व बोकेको छ । पहिलेको रुख मासिएपछि फेरि रोप्न आएका हौँ ।”
उनका अनुसार काठमाडौंको माटोमा खरीको बोट सजिलै हुर्कन सक्छ । खुला टुँडिखेलमा खरीको रुखको छहारीमा बस्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने उनले बताए ।
" />

">