विमल, अञ्जनसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी बर्खास्त

काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना खेलाडी बर्खास्त भएका छन् ।

अखिल नेपाल फूटबल संघ (एन्फा) ले उनीहरुको आचरणलाई आधार बनाएर बर्खास्त गरेको हो ।

बर्खास्त हुनेमा स्ट्राइकर विमल घर्तीमगर, मिडफल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशी छन् ।

सन् २०२२ को विश्वकप छनोटका लागि कुवेतविरुद्ध खेल्न आज भुटान उड्ने क्रममा रहेका उनीहरूलाई अन्तिम घडीमा बर्खास्त गरिएको हो ।

“भुटान उड्ने अघिल्लो दिन उनीहरु मध्यरातसम्म विभिन्न नाइट क्लबमा भेटिएकाले बर्खास्त गरिएको हो”, एन्फाका एक पदाधिकारीले भने, “प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरिएको हो ।”

उनीहरूकाे स्थानमा वैकल्पिक खेलाडीहरूलाई भुटान पठाइने उनले बताए।

यसैबीच भुटान जाने नेपाली फुटबल टाेलीलाई बिदाइ गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्