काठमाडौं। साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपूतले साउदी-नेपाल सिधा उडान नहुँदा नेपाली श्रमिकको उद्धारमा कठिनाइ भएको बताएका छन्।
कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएका तथा विभिन्न समस्यामा परी नेपाल फर्कन चाहने श्रमिकको उद्धारमा राजदूतावासले काम गरिरहेको भए पनि एउटा विमान कम्पनीले मात्र उडान गर्ने भएकाले चाँडो उद्धार गर्ने प्रयास सफल हुन नसकेको उनको भनाइ छ।
‘‘अरू देशमा जस्तो साउदीबाट नेपालको डाइरेक्ट फ्लाइट छैन। हिमालय एअरलाइन्सको चार्टरबाहेक अरू कुनै एअरलाइन्सको फ्लाइट छैन,’’ वैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको वेबीनारमा उनले भने, ‘‘साउदीको एअरलाइन्सहरूलाई अनुरोध गर्दा राजाबाट अनुमति लिनुपर्छ भन्छन्। हिमालय एअरलाइन्सको एउटा फ्लाइटबाट काम चलाउन बाध्य छौं।’’
उनले उडान संख्या बढाउन सरोकारवाला मन्त्रालयसमक्ष अनुरोध गरे पनि सम्बोधन नभएको गुनासो गरे। ‘‘हामीले फ्लाइटका लागि हरेक दिन अनुरोध गर्यौं। हरेक दिन प्रोग्रेस रिपोर्ट पठायौं,’’ राजदूत राजपूतले भने, ‘‘नेपालले दुईवटा जहाज लिएर संसार घुमाउन खोजेको छ, अनि किन समस्या नहोस्।’’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार हिमालयले सेप्टेम्बर १०, १८, २३ र ३० मा गरी चारवटा चार्टर उडान गर्नेछ।
दूतावासले अनलाइन तथा टेलिफोनमार्फत नेपाल फर्कन चाहने २८ हजार नेपाली श्रमिकको आवेदन संकलन गरेकोमध्ये २० हजार जनालाई तत्काल उद्धार गर्नुपर्ने सूचीमा राखेर परराष्ट्र मन्त्रालयलाई पठाएको उनले जानकारी दिए। तर, उडान संख्या सीमित हुँदा तत्काल उद्धार गर्न कठिनाइ भएको राजदूत राजपूतले बताए।
गत महिना (अगस्ट) सम्ममा आठ हजार जनालाई नेपाल पठाइसकिएको र सेप्टेम्बरमा थप चार हजारलाई पठाउने तयारी रहेको उनले सुनाए। दमामबाट दैनिक पाँचवटा उडान भएमात्र चाँडै सबैको उद्धार गर्न सकिने उनको भनाइ छ।
स्वदेशी र विदेशीलाई समान व्यवहार
राजदूत राजपूतले साउदीमा कोरोना संक्रमणमा परेका नेपाली श्रमिकलाई साउदी सरकारले आफ्नो नागरिकसरह नै व्यवहार गरिरहेको बताए।
‘‘साउदी सरकारले स्वदेशी र विदेशीबीच कुनै विभेद गरेको छैन। संक्रमितलाई क्वारेन्टाइनमा राखेको छ, दिनमा तीनपटक खाना दिन्छ। उपचारमा कुनै किसिमको विभेद छैन,’’ उनले भने। साउदीमा हालसम्म कोरोना संक्रमणबाट ५२ जना नेपालीको मृत्यु भएको उनले जानकारी दिए।
साउदी सरकारले कोरोना महामारीमा काम नहुनेलाई पनि अन्नको अभाव हुन नदिएको उनले बताए। पूरा काम गरेकाले पूरै तलब पाइरहेको भए पनि कम्मेटिक, सैलुनलगायत साना व्यवसायीले तलब दिन सक्ने अवस्था नरहेको राजपूतको भनाइ छ। यद्यपि, आश्रयबाट कसैलाई वञ्चित नगरिएको उनले बताए।
साउदी सरकारले कोरोनाको प्रभाव देखाएर श्रमिकलाई समस्यामा पार्ने कम्पनीलाई तीन हजार रियालसम्म जरिवानाको व्यवस्था गरेका कारण धेरै नेपाली श्रमिक सुरक्षित रहेको उनको भनाइ छ। ‘‘करिब चार लाख नेपाली भएको साउदीमा केहीलाई समस्या हुनु स्वाभाविक हो। केहीमा घर जान पाए हुन्थ्यो भन्ने मनौवैज्ञानिक त्रास देखिन्छ,’’ उनले भने।
साउदी भौगोलिक रूपमा ठूलो भएको र नेपाली कामदार छरिएर रहेकाले पनि समस्या सम्बोधन गर्न नियोगले चुनौती भोग्नुपरेको राजदूत राजपूतले बताए। तर, समस्यामा परेका नेपालीहरूको उद्धारमा दूतावासले प्रभावकारी भूमिका खेल्न नसकेको आरोपको उनले खण्डन गरे। दूतावासमा टेलिफोनबाटै २८ हजारको आवेदन दर्ता गरेको उल्लेख गर्दै उनले दूतावासका कर्मचारीले टेलिफोन नै नउठाएको भन्नेमा सत्यता नरहेको दाबी गरे।
कतार र मलेसियाका श्रमिक पनि समस्या
कोरोना महामारीका कारण प्रभावित कतार र मलेसियाका नेपाली श्रमिकलाई तत्काल उद्धारको व्यवस्था गर्नुपर्ने सरोकारवालाले बताएका छन्।
एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा तत्काल १६ हजारभन्दा बढी श्रमिकको उद्धार गर्नुपर्ने बताए। महामारीका कारण मलेसियामा कार्यरत २० देखि ३० प्रतिशत श्रमिकले रोजगारी गुमाएको उनले जानकारी दिए।
यस्तै, कतारमा पनि करिब १० हजार श्रमिकलाई तत्काल उद्धार गर्नुपर्ने एनआरएनए कतारका उपाध्यक्ष उत्तम गुरुङले बताए। रोजगारी गुमाएका र करार अवधि सकिएका श्रमिक नेपाल फर्कने पर्खाइमा रहेको उनले बताए।
कार्यविधिअनुसार काम भएन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेले दैनिक आठ सय श्रमिकको उद्धार भइरहेको जानकारी दिए।
उनले गन्तव्य मुलुकबाट श्रमिक उद्धारका लागि कार्यविधि बनाएर पठाएको तर सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगहरूले त्यसअनुसार काम नगरेको बताए। कार्यविधिमा केही समस्या भए संशोधनका लागि तयार रहेको उनको भनाइ छ।
श्रमिक उद्धारका लागि उडान संख्या बढाउन मन्त्रालयले आवश्यक पहल गर्ने प्रवक्ता पाण्डेले बताए।
" /> काठमाडौं। साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपूतले साउदी-नेपाल सिधा उडान नहुँदा नेपाली श्रमिकको उद्धारमा कठिनाइ भएको बताएका छन्।कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएका तथा विभिन्न समस्यामा परी नेपाल फर्कन चाहने श्रमिकको उद्धारमा राजदूतावासले काम गरिरहेको भए पनि एउटा विमान कम्पनीले मात्र उडान गर्ने भएकाले चाँडो उद्धार गर्ने प्रयास सफल हुन नसकेको उनको भनाइ छ।

">