इराकमा भएकाे बम आक्रमणमा ६ जनाको मृत्यु, ३० घाइते

बग्दान। इराकको राजधानी बग्दादनजिकै हिजाे भएको बम विस्फोटको घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ।

घटनामा परी अरू ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ।

कारले छेकिने गरी राखिएको बम विस्फोटन भएको बताइएको छ।

भिडभाडबीच अबेर राति बम विस्फोट भएको हो।

प्रदर्शनकारीहरूको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ।

तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ।

उनीहरूले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्यूनीकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन्। (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्