चितवनमा मोटरसाइकल एकापसमा ठाेक्किंदा एकको मृत्यु, दुई घाइते
चितवन। भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किंदा एकजनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन्।

चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किएकाे हाे।

मृत्यु हुने चाैधरी बा५३प १६५० नम्बरका मोटरसाइकल चालक हुन्।

ग१७प ४५६४ नम्बरका मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्