कञ्चनपुर । नेपाल पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी भीमदत्त नगरपालिकाले भारतीय पर्यटक भित्र्याउन प्रचार–प्रसारमा जोड दिएको छ ।
पर्यटकलाई गन्तव्यका बारेमा जानकारी दिन नगरपालिकाले पर्यटक प्रवेश गर्ने क्षेत्रमा होर्डिङबोर्डसँगै प्रचार–प्रसारका सामग्रीको व्यवस्था गरेको छ ।
नगरप्रमुख सुरेन्द्र विष्टले भारतको उत्तराखण्डको चम्पावत जिल्लामा रहेको पूर्णागिरि दर्शन गरी नेपालको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका लागि स्नानस्थल बनाउन योजना अघि सारिएको बताए।
“नगरपालिकाको चुरे पर्वत शृङ्खला नजिकै रहेको ब्रम्हदेवमा आउने भारतीय पर्यटकलाई चुरे हुँदै कैलालीको गोदावरीधामसम्म पु्र्याउने योजना अघि सारेका छौँ”, उनले भने, “यो योजनाले कैलाली र कञ्चनपुरको विकाससँगै रोजगारीका अवसर सिर्जना गर्नेछ ।”
महाकाली नदीको बहुउपयोगसँग थुप्रै पर्यटकीय योजना अघि सारेको उल्लेख गर्दै विष्टले नगरपालिकामा पर्ने सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत भम्केनीधाम, रौटेला र ब्रह्मदेवका लागि बजेट विनियोजन गरिएको बताए ।
चुरेमा रहेको झिलमिला तालदेखि कैलालीको घोडाघोडी तालसम्मका सबै पर्यटकीय स्थलबीच जोड्नुपर्ने आवश्यकता रहेको समेत नगरप्रमुख विष्टको भनाइ छ ।
नगरपालिकाले उत्तरी जैविकमार्ग हुँदै झोलुङ्गेपुल, शुक्लाफाँटा निकुञ्ज, हात्तीसार, बाह्रकुण्डालगायतका पर्यटकीयस्थल जोड्न भित्री तथा बाह्य चक्रपथ निर्माण गरी नगर बस सेवा सञ्चालन गर्ने योजना पनि अघि सारेको छ । रासस