इमर्जिङ टीम्स एशिया कप: नेपालद्वारा हङकङ ४० रनले पराजित

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत् हङकङविरुद्धको खेलमा नेपालले ४०रनको जित हात पारेको छ।

बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ ४६ औं ओमरमा सबै विकेट गुमाएर १७७ रनमा समेटिन पुग्यो।

नेपालका तर्फबाट करण केसी र अविनाश बोहराले तीन/तीन तथा सुसन भारीले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रनको योगफल बनाएको तयार पारेको थियो।

नेपालका लागि शरद भेषावकरले ८९ रन बनाए।

आसिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए।

ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल शून्य र कूशल भुर्तेल एक रनमा आउट भएपछि शरद, आसिफ र दीपेन्द्रले नेपाललाई प्रतिस्पर्धापूर्ण योगफलतर्फ डो‍र्‍याएका थिए।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको थियो।

नेपालले अर्को खेल २ मंसीरमा बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्