सान्टियागो । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ ।
चिलीमा नयाँ संविधान र राजनीतिक सुधारको माग गर्दै करीब एक महीना अघिदेखि दिनहूँजसो प्रदर्शन भइरहेको छ ।
चिलीका पूर्व शासक अगस्तो पिनोचेटले जारी गरेको वर्तमान संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।
प्रदर्शनकारीको मागको सम्बोधन गर्दै चिलीको सरकारले २९ कात्तिकमा नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।
२९ कात्तिकमा आन्दोलनकारी र सरकारी अधिकारीहरूले वार्ता गरेका थिए । वार्तामा वर्तमान संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएको हो ।
सहमतिअनुसार जनमतसंग्रह सन् २०२० अप्रिलमा हुनेछ ।
चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको थियो । रासस/सिन्ह्वा