यसरी राखियो आमादब्लम हिमाल ढाकिनेगरी कुवेतको झण्डा (भिडिओसहित)

काठमाडौं। पछिल्लो ६ महीनामा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गरेर चर्चामा आएका निर्मल पुर्जाले सोलुखुम्बुको आमादब्लम हिमालमा कुवेतको झण्डा राख्न आफूले सहयोग गरेको बताएका छन्।

शिखरमा झण्डा राखिँदै गरेको भिडिओ ट्वीट गर्दै उनले कुवेतको आउँदै गरेको राष्ट्रिय दिवस मनाउन उक्त झण्डा हिमालमा लैजान आफूले कुवेती आरोहण दललाई सहयोग गरेको बताएका हुन्।

आमादब्लम हिमालको शिखर छोपिनेगरी कुवेती झण्डा राखिएको समाचार प्रकाशित भएपछि ट्वीटमार्फत प्रतिक्रिया दिँदै उनले आफूहरुले झण्डा शिखरमा पुर्‍याएको र त्यसलाई त्यहाँबाट फर्काएर काठमाडौं नै ल्याइएको बताएका छन्।

चुनौतिपूर्ण ‘मिसन’ भएको बताउँदै उनले आफूले ती सबैको विचार गरी आराेहण दलका सबैसदस्यको सुरक्षाका लागि आफूसमेत गएको उल्लेख गरेका छन्।

याे कामले नेपाल र कुवतेबीचको द्धिपक्षीय सम्बन्ध बलियो बनाउने र कुवेतमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्द्धनमा सहयोग पुग्ने उनले दावी गरेका छन्।

यस्तो छ उनले ट्वीटमा राखेको भिडिओः

प्रतिक्रिया दिनुहोस्