काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्न लागेको विभिन्न कार्यक्रममा नेपाल बैंकले सहयोग गर्ने भएको छ। नेपाल बैंक र नगरपालिकाबीच भएको सम्झौतापछि चाँगुनारायण नगरपालिकालाई बैंकले सहयोग गर्ने भएको हो।
नगरपालिकाले संचालन गर्न लागेको “बचतखाता छोरीको, सुरक्षा जीवन भरिको” अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ।
अभियान अन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालिकाहरुको नाममा बैंकमा खाता खोलेर प्रत्येक वर्ष चार हजार रुपैयाँ जम्मा गर्ने छ।
सम्झौता अनुसार शुन्य मौज्दातामा खोलिएका बचत खाताहरुमा ब्याजदर प्रदान गर्ने, रकम जम्मा गर्ने/झिक्ने लगायतका अन्तरबैंक सेवामा शुल्क नलाग्ने व्यवस्था हुनेछ।
साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिनेछ। यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन्।
अभियानले छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्ने, बीचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, वाल विवाह निरुत्साहन, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरेपछि मात्रै झिक्न पाउनेछन्।
" /> काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्न लागेको विभिन्न कार्यक्रममा नेपाल बैंकले सहयोग गर्ने भएको छ। नेपाल बैंक र नगरपालिकाबीच भएको सम्झौतापछि चाँगुनारायण नगरपालिकालाई बैंकले सहयोग गर्ने भएको हो।नगरपालिकाले संचालन गर्न लागेको “बचतखाता छोरीको, सुरक्षा जीवन भरिको” अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ।

">