काठमाडौं । २७ वर्षमा ४० पटक नेपाल आएका हिरोमी इसोइका नेपाल भ्रमण वर्ष २०२० को लागि ‘जापान सद्भावना दूत’ नियुक्त भएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा भ्रमण वर्षका संयोजक सुरज वैद्यले इसोइकालाई सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरेका हुन् ।
१ जनवरी २००१ मा विश्वकै ठूलो ड्रम बनाएर गिनिज बुक अफ दी वल्र्ड रेकर्ड बनाउन सफल इसोइकाले सन् २००३ देखि नेपालका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
‘इसोइका नेपाल–जापान मैत्री समाज’ जापान पक्षको अध्यक्ष पनि हुन् ।
कार्यक्रममा बोल्दै इसोइकाले नेपाल पर्यटनको सम्भावना भएको मुलुक भएको बताए । हिमाल बाहेकका क्षेत्रमा पनि पर्यटकलाई आकर्षण गर्न सक्नुपर्ने उनको सुझाव थियो ।
संयोजक सुरज वैद्यले जापानीहरूलाई नेपाल भ्रमणमा आकर्षित गर्न इसोइकाको ठूलो भूमिका हुने धारणा राखे ।
इसोइकाले पशुपतिनाथ क्षेत्रमा वायो शौचालयसमेत निर्माण गरिदिएका छन् ।
" /> काठमाडौं । २७ वर्षमा ४० पटक नेपाल आएका हिरोमी इसोइका नेपाल भ्रमण वर्ष २०२० को लागि ‘जापान सद्भावना दूत’ नियुक्त भएका छन् ।

">