यी हुन् स्थानीय तह उपनिर्वाचनका उम्मेदवार (नामावली)

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी जम्मा ४८ पदका लागि २८२ उम्मेदवारको मनोनयन दर्ता भएको थियो।

त्यसमध्ये आठ जिल्लाका ९ उम्मेदवारहरूले नाम फिर्ता लिएकाले २७३ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

उम्मदेवारी फिर्ता लिनेमा वडाध्यक्ष पदका उम्मेदवारहरू छन्।

धनपालथान गाउँपालिका–२ (मोरङ)मा चन्द्र नन्द मण्डल, छिन्नमस्ता गाउँपालिका–७ (सप्तरी)मा सकलदेव साह, गढीमाई नगरपालिका–२ (रौतहट)मा बुधिया नेसा, ईन्द्रावती गाउँपालिका–८ (सिन्धुपाल्चोक)मा प्रकाश श्रेष्ठ, ऐरावती गाउँपालिका–१ (प्युठान)मा अर्जुन थापा, थवाङ गाउँपालिका–१ (रोल्पा)मा भद्रकुमारी झाँक्री, पुनर्वास गाउँपालिका–३ (कञ्चनपुर)मा धनबहादुर तामाङ, कुमाख गाउँपालिका–५ (सल्यान)मा दलवीर बस्नेत र चित्रप्रकाश गिरीले नाम र्फिता लिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्