नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक आउने दाबी गरेका छन् ।
कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा होमस्टे उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन वर्ष सफल बनाउन तीव्र तयारी भइरहेको बताएका हुन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले पर्यटकलाई सहज भएको बताए ।
हाल करीब वार्षिक १३ लाख पर्यटक नेपाल भित्रिरहेका छन् ।
कार्यक्रममा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित होमस्टेको उद्घाटन पनि गरे ।
तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरेको छ । रासस