निर्वाचन आचारसंहिताको उल्लंघन भएको छः देउवा
कैलाली। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १४ मंसीरमा हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लंघन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताएका छन्।

नेपाल महिला संघ कैलालीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिए।

वर्तमान सरकार जनभावनाविपरीत गएको आरोप लगाउँदै उनले यसको विरुद्धमा सशक्त भएर काम गर्नुपर्ने बेला आएको उल्लेख गरे।

भारतसंँग सरकारले सीमा विवादका बारेमा वार्ता गरेर समाधान खोज्नुपर्ने सभापति देउवाको भनाइ थियो।

भारतले अहिले जारी गरेको नक्शा गलत भएकाले सरकारले कूटनीतिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने बताए।

“महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख छ। भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्छ,” उनले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्