बेलायती राजकुमार एन्ड्रयुद्वारा किशोरीसँग सम्बन्धको आरोप अस्वीकार
काठमाडौं। ‘ड्युक अफ योर्क’ पदले चिनिने बेलायती राजकुमार एन्ड्रयुले आफूमाथि लागेको एक अमेरिकी किशोरीसँग शारिरीक सम्बन्ध गरेको आरोपको खण्डन गरेका छन्। पहिले भजिर्निया रोबर्ट्स भनेर चिनिने भर्जिनिया जियुफ्रेले उनलाई आफू १७ वर्षकी हुँदा शारिरीक सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाएकी थिइन्।

एक अमेरिकी लगानीकर्ता र यौन दुव्र्यवहारका आरोपित जेफरी एडवार्ड एप्सिटनसँगको सम्बन्धबारे बीबीसीसँग कुरा गर्दै प्रिन्स एन्ड्रयुले आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्। उनले त्यस्तो घटना ‘कहिल्यै नभएको’ दावी गरेका छन्।

रानी एलिजाबेथ द्वितीयका तेस्रो सन्तान र दोस्रा छोरा प्रिन्समाथि केही महिनादेखि एप्स्टिनसँगको सम्बन्धलाई लिएर विभिन्न प्रश्न उठिरहेको छ।

यौन दुव्र्यवहारको आरोप खेपिरहेका ६६ वर्षीय एप्स्टिनले हिरासतमै आत्महत्या गरेका थिए।

भर्जिनिया जियुफ्रेले भने सन् २००१ मा आफू १७ वर्षीकी हुँदा र २००२ मा गरी तीन पटक प्रिन्स एन्ड्रयुसँग सम्बन्ध राख्न बाध्य पारिएको आरोप लगाएकी छन्।

प्रिन्सले बीबीसीसँग भनेका छन्, “म निश्चिततापूर्वक भन्नसक्छु यस्तो कहिल्यै भएको छैन।”

“मैले ती महिलालाई भेटेको समेत सम्झना छैन”, एन्ड्रयुको दावी छ।

जियुफ्रेका अनुसार उनले प्रिन्ससँग खाना खाएकी थिइन्, नाचेकी थिइन्, नाइटक्लब गएकी थिइन् र प्रिन्सका साथी घिस्लेन म्याक्सवेलको घरमा शारीरिक सम्बन्ध राख्नकै लागि गएकी थिइन्।

प्रिन्सले ‘यो कथामा प्रशस्तै झुट भएको’ दावी गरेका छन्।

उनका अनुसार जियुफ्रेले सम्बन्ध रहेको भनेको मिति १० मार्च २००१ मा उनी छोरी बेट्राइसलाई लिएर ‘पिज्जा एक्सप्रेस’मा गएका थिए। त्यसपछि उनी सिधै घरमा रात बिताउन आइपुगेका थिए।

प्रिन्सले भजिर्नियाको कम्मरमा हात राखेर उभिएको फोटो सार्वजनिक भएको छ। प्रिन्सले भने अन्तर्वार्तामा ‘त्यस्तो फोटो खिचेको आफूलाई सम्झना नभएको’ पटकपटक दोहो¥याएका छन्। उनले त्यो फोटो म्याक्सवेलको माथिल्लो तलाको जस्तो देखिएको र त्यहाँ आफू कहिल्यै नगएको दावी गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्