भ्रमण वर्ष प्रवर्द्धनका लागि युवाहरुको जनजागरण अभियान
इटहरी। नेपाल भ्रमण वर्ष-२०२० को प्रचारप्रसार र प्रवर्द्धनका लागि झापाबाट पर्यटन जनजागरण अभियान शुरु गरिएको छ।
जनजागरण अभियानमा झापाका २७ जना युवा सहभागी छन्।
जनजागरण अभियानमा युवा व्यवसायी, राजनीतिकर्मी, पत्रकारलगायत सहभागी छन्।
अभियानको पहिलो दिन ३० कात्तिकमा टोलीलाई प्रदेश सांसद् श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, मेचीनगरका नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले शुभकामनासहित बिदाइ गरे।
टोलीका संयोजक डिल्लीराम घिमिरेले पर्यटकीय स्थलहरुको प्रचारप्रसार र संभावनाको खोजीका लागि आफूहरुको अभियान केन्द्रित हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्