साउदी अरबले नयाँ वर्षदेखि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाउने
रियाद। साउदी अरबले कोभिड-१९ महामार्ीका कारण लगाइएको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आगामी जनवरी १ देखि पूर्णरूपमा फुकुवा गर्ने भएको छ।

साउदीको गृह मन्त्रालयले विश्वभर कोरोना संक्रमित फैलिन सुरू भएपछि लगाइएको यात्रा प्रतिबन्ध अंग्रेजी नयाँ वर्षदेखि हटाउने तयारी गरेको हो।

अन्तर्राष्ट्रिय हवाई यात्रा प्रतिबन्ध पूर्णरूपमा फुकुवा गरेपछि स्थल र समुद्रीमार्गबाट आउनेहरूलाई समेत अनुमति दिइने छ।

प्रतिबन्ध हटाउनुअघि त्यहाँको स्वास्थ्य मन्त्रालयले यात्री र ट्रान्सपोर्ट व्यवसायीको लागि सुरक्षा नियम तय गर्ने छ। साथै, एयरपोर्ट, बन्दरगाह र रेल स्टेशनमा नयाँ नियमत लागू गरिने छ।

अरब न्यूजका अनुसार साउदीमा ९३ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्।

यस्तै, बीबीसीका अनुसार साउदीले सेप्टेम्बर १५ (भोलि) देखि अन्तर्राष्ट्रिय उडानमा लगाइएको यात्रा प्रतिबन्ध आंशिक रूपमा खुकुलो गर्ने छ। र, सीमित संख्याका यात्रुलाई साउदी आउने अनुमति दिइने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्