चितवन। अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हाम्फालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रूपमा कार्यरत रहेका थिए।
कार्यालयका अनुसार चौकीको बरण्डाबाट भाग्ने क्रममा हाम्फाल्दा उनी गम्भीर घाइते भएका थिए। घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ। कँडेलले बिहान ७ः३० बजे बरण्डाबाट हाम्फालेका थिए।
घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो। इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरूमाथि दुर्व्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ। रासस