कामठाडौं। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुवेतमा थुनामा रहेका नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ। थुनामा राखेका उनीहरूको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता ल्याउन समितिले सरकारलाई निर्देशन दिएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।
थुनामा रहेका नेपाली कामदारका लागि ५४ लाख जरीवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ छ। समितिले उनीहरूलाई अवैधानिक रूपमा कुवेत पु¥याउने म्यानपावर कम्पनीमाथि पनि कडा कारवाही गर्न सरकारलाई सचेत गराएको छ ।
सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरूलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए।
उनले समितिको बैठकमा उनीहरूमाथि तोकिएको दण्ड जरीवाना मिनाह गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको जानकारी दिए।
बैठकमा समितिका सदस्यहरूले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका नेपालीलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए।
समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए ।
समितिका सदस्यहरूले नेपाली कामदारलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लैजाने म्यानपावर कम्पनीको छानबिन गरी कडा कारवाही गर्न सरकारसँग माग गरेका थिए।