काठमाडौं। हरेक वर्ष नेपालगञ्जमा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’लाई यो वर्ष धारा तेलले प्रायोजन गर्ने भएको छ।
केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तेलले नेपालगन्ज म्याराथनसँग मुख्य प्रायोजकका रूपमा आयोजक क्रिएटीभ ह्याण्ड्सले आज सम्झौता गरको हो।
केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे। म्याराथनको नाम अब ‘धारा नेपालगन्ज म्याराथन’ रहनेछ।
धारा तेलको नारा ‘मुटु चाहिन्छ मुटु’सँग म्याराथनको कहि न कहि तालमेल हुने भएकाले सम्झौता अर्थपूर्ण रहेको आयोजक क्रिएटीभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले बताए। कम्पनीसँग दुई वर्षको सम्झौता भएको उनले देखापढीलाई जानकारी दिए।
यसअघि नेपालगञ्ज म्याराथनको चार वटा संस्करण सम्पन्न भइसकेका छन्। पाँचौं संस्करण ७ मंसीरमा हुँदैछ। सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा ५ मंसीर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन हुँदै आएको छ।
खेलकुदमार्फत् सामाजिक एकताको प्रतिक शहर, नेपागञ्जलाई चिनाउने उद्देश्य रहेको अध्यक्ष ठकुरीले बताए।
पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुलस्तरीय तथा खुला दौड समावेश गरिएको छ। ८ देखि १२ बर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिक रूपले अशक्तहरूको लागि पनि दौड स्पर्धा समेटिएको अध्यक्ष ठकुरीले बताए।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ। यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकील, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीहरूले सहभागिता जनाउनेछन्।
अध्यक्ष ठकुरीका अुनसार खुला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ।