साढे पाँच लाख रूपैयाँको कपडा बरामद

काठमाडौं। सशस्त्र प्रहरीले सुनसरी जिल्लाको कोशी गाँउपालिका–८ स्थित तीनकुनेबाट आज करीब पाँच लाख ५६ हजार रूपैयाँ बराबरकोे लत्ताकपडा बरामद गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ छुटेको ना ५ ख ४८१७ नम्बरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लत्ताकपडा सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाएको छ।

आजै सशस्त्र प्रहरीले पर्साबाट दुई लाख ३१ हजार रूपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा किराना सामान वीररगंज महानगरपालिका–१६ स्थित बाईपास रोडबाट बरामद सशस्त्र प्रहरी बल नेपालका डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्

बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्