नयाँ दिल्ली। कोभिड-१९ का कारण ठप्प रहेको भारतको आर्थिक गतिविधि बढ्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय बजारमा पछिल्लो दिनमा पेट्रोल र डिजेलको बिक्री बढेपछि सञ्चारमाध्यमहरूले यस्तो बताएका हुन्।
मार्चमा भारत सरकारले लकडाउन घोषणा गरेपछि घटेको पेट्रोलको बिक्री मध्य सेप्टेम्बरमा आइपुग्दा कोभिड-१९ भन्दा पहिलेकै अवस्थामा आइपुगेको छ।
गत मार्चमा भारतमा कोभिड-१९ को संक्रमणको दर बढेको थियो। जसकारण भारत सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो।
सोहीकारण, भारतीय बजारमा डिजेल र पेट्रोलको बिक्री ठप्प प्रायः थियो। तर, अघिल्लो वर्षको सेप्टेम्बरको भन्दा यस वर्षको सेप्टेम्बरमा पेट्रोलको २.२ प्रतिशत बढेको छ।
यो तथ्यांक सेप्टेम्बर १ देखि १५ सम्मको हो। सन् २०१९ को सेप्टेम्बरमा ९.४५ लाख टन पेट्रोल बिक्री भएको थियो। तर, २०२० को सेप्टेम्बरमा त्यो बढेर ९.५५ लाख टन पुगेको छ।
यो, भारतीय बजारमा पेट्रोलको बिक्री अगस्ट महिनाको तुलनामा ७ प्रतिशतले बढेको हो। यस्तै, भारतमा पेट्रोलको बिक्रीसमेत बिस्तारै उकालो लाग्न थालेको छ।
अगस्टको भन्दा सेप्टेम्बरको मध्यावधिमा डिजेलको बिक्री १९.३ प्रतिशतले बढेको छ। अगस्टको १५ दिनमा १.७८ लाख टन डिजेल बिक्री भएको थियो।
तर, सेप्टेम्बरको १५ दिनमा १९ प्रतिशतले बढेर २.१३ लाख टन डिजेल बिक्री भइसकेको छ।
यद्यपि, डिजेलको बिक्री भने गत वर्षको जस्तै सामान्य अवस्थामा आइसकेको छैन। अघिल्लो वर्षको सेप्टेम्बर महिनाको पहिलो १५ दिनमा २.२५ लाख टन बिक्री भएको थियो।
" /> नयाँ दिल्ली। कोभिड-१९ का कारण ठप्प रहेको भारतको आर्थिक गतिविधि बढ्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।भारतीय बजारमा पछिल्लो दिनमा पेट्रोल र डिजेलको बिक्री बढेपछि सञ्चारमाध्यमहरूले यस्तो बताएका हुन्।

">