आलमविरुद्ध मुद्दा दर्ता गर्ने सरकारी वकीलको सरुवा
काठमाडाैं। महान्यायाधीवक्ता कार्यालयले रौतहट–२ का सांसद मोहम्मद अफताव आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालको सरुवा गरेको छ।
उनलाई जिल्ला सरकारी वकीलको कार्यालय मकवानपुर सरुवा गरिएको हो।
कटुवालले दिउँसो ४ बजे आफ्नो सरुवा भएको जानकारी पाएको देखापढीलाई बताए।
आलममाथि २७ चैत २०६४ मा बम विस्फोट र त्यसपछि इँटा भट्टामा जलाएर हत्या गरेको आरोप थियो। तर त्यो बेला सरकारी वकील कार्यालयले प्रमाणको अभाव देखाउँदै मुद्दा नचलाउने निर्णय गरेको थियो।
यसपटक आफूले कर्तव्य ज्यानको मात्र मुद्दा दर्ता नगरी त्यसमा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण तथा प्रयोगसम्बन्धी मुद्दा पनि थपेको उनले बताए।
“एउटा वारदातमा सिलसिलेवार रूपमा जति अपराध हुन्छन्, ती सबैमा अभियोजन गर्न मिल्ने कानूनी व्यवस्था छ”, उनले भने,“त्यसै अनुसार अहिले आलमलाई थप दुईवटा अपराधमा अभियोजन गरिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्