अबुधावी टी-१० लिगः पारसको टोली विजयी

काठमाडौं। युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी टी-१० लिगको दोस्रो खेलमा नेपाली क्रिकेटर पारस खड्का सम्मिलित ‘टीम अबुधावी’ले जित हात पारेको छ।

अबुधावीले नर्दर्न वारियर्समाथि ६ विकेटको जित हात पारेको हो।

टस जितेर पहिले व्याटिङ गरेको वारियर्सले १० ओभरमा एक विकेट मात्र गुमाएर ९२ रन बनाएको थियो।

९३ रनको लक्ष्य पछ्याएको अबुधावीले ९ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

छैंठौं नम्बरमा व्याटिङ गर्न आएका पारस १ बलको सामना गरेर १ रनमा नटआउट रहे।

प्रतिक्रिया दिनुहोस्