२२ वर्षपछि फरार प्रतिवादी पक्राउ

वालिङ। स्याङ्जामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।

स्याङ्जाको साविक खिलुङ देउराली–९ हालको भिरकोट नगरपालिका–७ बस्ने ४८ वर्षीय भविश्वर कोइरालालाई बयरघारी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

कोइराला २०५४ सालमा कर्तव्य ज्यान मुद्दामा स्याङ्जा अदालतले नौ महीना दुई दिन कैद सजाय तोकेपश्चात् फरार थिए।

१ मंसीरमा पक्राउ परेका उनलाई जिल्ला कारागार स्याङ्जा पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्