वडा अध्यक्षबाट राजीनामा दिएर शिक्षण पेसामा
सल्यान। सल्यानको सिद्धकुमाख गाउँपालिका-४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर शिक्षक बनेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगको प्राथमिक तह परीक्षामा मुस्ताङबाट उत्तीर्ण भएका हुन्।

तत्कालीन नेकपा एमालेतर्फका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए।

“वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेसा रोजे”, बुढामगरले भने, “अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहन्छु।”

गाउँ कार्यपालिकाको बैठकले उनको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्