काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडास्थित सेनेटरी ल्याण्डफिल साइटको पहिलो फेजको काम पूरा हुने दाबी गरेका छन्। नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माण भइरहेको सेनेटरी ल्याण्डफिल साइटको अनुगमनमा पुगेका राज्यमन्त्री मानन्धरले दशैं अगावै फोहर विसर्जन गर्न सकिनेगरी काम अघि बढेको पनि दाबी गरे।
यसअघि नै यो ल्याण्डफिल साइटको पहिलो फेजको काम सक्ने भनिएको थियो। तर कोभिड-१९ का कारण निर्माणको समय केही लम्बिन पुगेको पनि राज्यमन्त्री मानन्धरले प्रष्टिकरण दिए। यो ल्यान्डफिल साइटको पहिलो फेजको काम ३४ करोड लागतमा भइरहेको छ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट बनाइरहेको छ। यो साइटमा कम्तीमा ५० वर्षसम्म काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहर विसर्जन गर्न सकिने छ।
साइटमा कार्यरत प्राविधिक एवम् अनुगमनमा सँगै गएका अधिकारीहरूसामु राज्यमन्त्री मानन्धरले कोभिडको बहानामा काममा ढिलाई गर्ने छुट कसैलाई नभएको बताए। भनिएको समयभन्दा काम ढिलो भएमा सम्बन्धित अधिकारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका राज्यमन्त्री मानन्धरले निर्माण खर्चको जोहो गरिसकेको पनि बताए। उनले भने- ''सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरिसकेको छ। अब पनि बहानाबाजी गर्ने छुट कसैलाई छैन। ढिलो गर्ने व्यक्ति, निकाय र ठेकेदारले कारबाहीको भागिदार बन्नुपर्नेछ।''
काठमाडौं उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताएका राज्यमन्त्री मानन्धरले स्थानीयका केही समस्या भए त्यसलाई सम्बोधन गरिने आश्वासन दिए।
राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा विकासका गतिविधि तीब्र हुने र मुलुकले कायापलट गर्ने पनि दाबी गरे। मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको परिकल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न आफूहरु लागिपरेको पनि बताए।
ल्यान्डफिल साइट निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ सकिएको र असोज अन्तिमसम्ममा पूरा हुने जानकारी दिए। निर्माणको काममा वर्षा र कोभिडले केही अवरोध पुर्‍याए पनि यसैमहिना पहिलो फेजको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने पनि पोखरेलले बताए।
" /> काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडास्थित सेनेटरी ल्याण्डफिल साइटको पहिलो फेजको काम पूरा हुने दाबी गरेका छन्। नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माण भइरहेको सेनेटरी ल्याण्डफिल साइटको अनुगमनमा पुगेका राज्यमन्त्री मानन्धरले दशैं अगावै फोहर विसर्जन गर्न सकिनेगरी काम अघि बढेको पनि दाबी गरे।
यसअघि नै यो ल्याण्डफिल साइटको पहिलो फेजको काम सक्ने भनिएको थियो। तर कोभिड-१९ का कारण निर्माणको समय केही लम्बिन पुगेको पनि राज्यमन्त्री मानन्धरले प्रष्टिकरण दिए। यो ल्यान्डफिल साइटको पहिलो फेजको काम ३४ करोड लागतमा भइरहेको छ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट बनाइरहेको छ। यो साइटमा कम्तीमा ५० वर्षसम्म काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहर विसर्जन गर्न सकिने छ।
साइटमा कार्यरत प्राविधिक एवम् अनुगमनमा सँगै गएका अधिकारीहरूसामु राज्यमन्त्री मानन्धरले कोभिडको बहानामा काममा ढिलाई गर्ने छुट कसैलाई नभएको बताए। भनिएको समयभन्दा काम ढिलो भएमा सम्बन्धित अधिकारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका राज्यमन्त्री मानन्धरले निर्माण खर्चको जोहो गरिसकेको पनि बताए। उनले भने- ''सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरिसकेको छ। अब पनि बहानाबाजी गर्ने छुट कसैलाई छैन। ढिलो गर्ने व्यक्ति, निकाय र ठेकेदारले कारबाहीको भागिदार बन्नुपर्नेछ।''
काठमाडौं उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताएका राज्यमन्त्री मानन्धरले स्थानीयका केही समस्या भए त्यसलाई सम्बोधन गरिने आश्वासन दिए।
राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा विकासका गतिविधि तीब्र हुने र मुलुकले कायापलट गर्ने पनि दाबी गरे। मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको परिकल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न आफूहरु लागिपरेको पनि बताए।
ल्यान्डफिल साइट निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ सकिएको र असोज अन्तिमसम्ममा पूरा हुने जानकारी दिए। निर्माणको काममा वर्षा र कोभिडले केही अवरोध पुर्‍याए पनि यसैमहिना पहिलो फेजको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने पनि पोखरेलले बताए।
"> बन्चरेडाँडा ल्याण्डफिल साइटमा धमाधम काम: दशैंअगावै फोहर विसर्जन थाल्ने तयारी: Dekhapadhi
बन्चरेडाँडा ल्याण्डफिल साइटमा धमाधम काम: दशैंअगावै फोहर विसर्जन थाल्ने तयारी
काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडास्थित सेनेटरी ल्याण्डफिल साइटको पहिलो फेजको काम पूरा हुने दाबी गरेका छन्। नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माण भइरहेको सेनेटरी ल्याण्डफिल साइटको अनुगमनमा पुगेका राज्यमन्त्री मानन्धरले दशैं अगावै फोहर विसर्जन गर्न सकिनेगरी काम अघि बढेको पनि दाबी गरे।
यसअघि नै यो ल्याण्डफिल साइटको पहिलो फेजको काम सक्ने भनिएको थियो। तर कोभिड-१९ का कारण निर्माणको समय केही लम्बिन पुगेको पनि राज्यमन्त्री मानन्धरले प्रष्टिकरण दिए। यो ल्यान्डफिल साइटको पहिलो फेजको काम ३४ करोड लागतमा भइरहेको छ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट बनाइरहेको छ। यो साइटमा कम्तीमा ५० वर्षसम्म काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहर विसर्जन गर्न सकिने छ।
साइटमा कार्यरत प्राविधिक एवम् अनुगमनमा सँगै गएका अधिकारीहरूसामु राज्यमन्त्री मानन्धरले कोभिडको बहानामा काममा ढिलाई गर्ने छुट कसैलाई नभएको बताए। भनिएको समयभन्दा काम ढिलो भएमा सम्बन्धित अधिकारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका राज्यमन्त्री मानन्धरले निर्माण खर्चको जोहो गरिसकेको पनि बताए। उनले भने- ''सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरिसकेको छ। अब पनि बहानाबाजी गर्ने छुट कसैलाई छैन। ढिलो गर्ने व्यक्ति, निकाय र ठेकेदारले कारबाहीको भागिदार बन्नुपर्नेछ।''
काठमाडौं उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताएका राज्यमन्त्री मानन्धरले स्थानीयका केही समस्या भए त्यसलाई सम्बोधन गरिने आश्वासन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्