भुइँचालोले चिरा पारेको रानीपोखरी फेरि पूर्ववत सुन्दरता हासिल गर्ने क्रममा छ। गत वर्षबाट पुनर्निर्माण सुरु गरिएको रानीपोखरीमा पानी टिलपिल भइसकेको छैन, तर केही महिना अघिसम्म कमिला हिड्ने पोखरीमा पौने तीन करोड लिटर पानी भरिइसकेको छ।
“तीन करोड २२ लाख लिटर पानी हाल्ने हाम्रो योजना हो। अहिलेसम्म करिब २ करोड ७५ लाख लिटर पानी भरिइसकेको छ। झण्डै १ करोड लिटर आकासे पानीले भरिएको थियो,” राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले देखापढीसँग भने, “त्यसमा हामीले १ करोड ७५ लाख लिटर पानी मेलम्ची खानेपानी कार्यालयसँगको सहकार्यमा सुन्दरीजलबाट ल्याएर हालेका छौं।’
मानन्धरका अनुसार १ करोड लिटर पानी थप्दा रानीपोखरीमा पानीको सतह थप सवा एक फिट माथि उचालिनेछ। त्यसपछि पिँधदेखि पानीको सतह पाँच फिट हुनेछ। रानीपोखरीमा आकासे वर्षात नभए एक महिनामा पानीको सतह चार इन्चसम्म सुक्ने प्राधिकरणले अनुमान गरेको छ। जसअनुसार पूरा वर्षभर नै पानी नपरेको खण्डमा चार फिट पानी सुक्नेछ। त्यसैले प्राधिकरणले आवश्यकताअनुसार प्रयोग गर्नका लागि केही बोरिङ गरेको जनाएको छ।
प्राधिकरणका अनुसार रानीपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। पोखरीको बीचमा रहेको मन्दिरको केही मुख्य काम भने बाँकी छ।
“मन्दिरको गजुर तयार भइसकेको छ, सुनको जलप लगाउन बाँकी छ, त्यसको काम सुरु भएको छ,” विभिन्न खालका विरोध र अवरोधका बीच रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुनुलाई ठूलो उपलब्धिका रुपमा बयान गर्दै मानन्धरले थपे, “मन्दिरमा गजुर र देउता यत्तिकै राख्नु हुँदैन भन्ने मान्यता छ। धार्मिक विधि अनुसार पूजापाठ गरेर मात्र भित्र्याउने चलन छ। त्यसअनुसार सबै काम सकिएलगत्तै रानीपोखरीको उदघाटन गर्ने योजनामा छौं।”
पुनर्निर्माणको ठेक्का पाएको सिएम कन्सट्रक्सनका प्रवन्ध निर्देशक सन्तकुमार श्रेष्ठले कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनले गर्दा निर्माण कार्य ६ महिना ढीलो भएको बताए। गतवर्ष भदौबाट सुरु भएको पुनर्निमार्णको काम बैशाखमा सक्ने योजना थियो।
“भक्तपुर, ललितपुर र कीर्तिपुरका प्राविधिकहरू पुनर्निर्माणको काममा सक्रिय थिए। पुरानै शैलीमा बनाउनुपर्ने भएकाले काम निकै जटिल थियो,” उनले भने, “त्यसैले पनि सफलतापूर्वक काम सम्पन्न हुन लाग्दा निक्कै खुसी लागेको छ।”
पानी हालिसकेपछि रानीपोखरीको सुन्दरता बृद्धि गर्न माछा पनि राख्ने योजना रहेको उनले बताए। अहिले वर्षातको पानी जम्मा भएको ठाउँमा सुन्दरीजलबाट ल्याएको पानी थप्दा केही धमिलो जस्तो देखिएको छ। तर पानी भर्ने काम सकिएपछि जमेका लेउ सफा गर्दै जाँदा पोखरी सङ्लो देखिने उनले बताए।