बाजुरामा मदिरा पिएर होहल्ला गर्ने ५९ जना पक्राउ
<p>काठमाडौं। बाजुरामा मदिरा पिएर होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट ५९ जना पक्राउ परेका छन्।</p>
<p>१ मंसीरको पञ्‍चमी मेलामा मदिरा पिएर होहल्ला गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।</p>
<p>बुढीगंगा नगरपालिकाको बाह्रविसेबाट २९ जना, टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ जनालाई पक्राउ गरिएको डीएसपी भाटले बताए। </p>
प्रतिक्रिया दिनुहोस्