विदेशी लगानीकर्ताले सेप्टेम्बरमा मात्रै भारतीय बजारमा झण्डै चार हजार करोडको लगानी गरे

नयाँ दिल्ली। विदेशी पोर्टफोलियो लगानीकर्ता(एफपीआई)ले सेप्टेम्बरमा मात्रै भारतीय बजारमा तीन हजार ९४४ करोड भारतीय रूपैयाँ लगानी गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार राम्रो फाइदा हुने अनुमानका आधारमा उनीहरूले भारतीय बजारमा पैसा लगाएका हुन्।

एक आँकडाका अनुसार सेप्टेम्बर १ देखि १८ सम्म विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा एक हजार ७६६ करोड भारू लगानी गरेका छन्।

यस्तै, यही अवधिमा ऋण वा अन्य क्षेत्रमा २ हजार १७८ कराेड लगानी गरेका छन्।

यी सबै प्रकारको लगानी जोड्दा कुल तीन हजार ९४४ कराेड हुन आउँछ।

खासगरी, भारतीय बजारबाट राम्रो फाइदा हुनेमा लगानीकर्ताहरू आशावादी छन्। जसकारण ठूलो रकम लगानी गरिरहेका छन्।

विदेशी लगानीकर्ताले अगस्टमा मात्रै ४६ हजार ५३२ करोडको लगानी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।