काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरूमा आवश्यकताभन्दा बढी मुआब्जा माग्ने क्रमले विकास निर्माणमा असर परेको बताएका छन्।
६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सिंहदरबारबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको हैसियत अनुसार नै मुआब्जा माग्न र विकास निर्माणको कामलाई सहज बनाउनमा सहयोग गर्न नागरिकसँग आग्रह गरेका छन्।
“आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने तर सरकारसँग लिन परे असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो, यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ”, प्रधानमन्त्री ओलीले भने।
ठूला आयोजनाको जग्गाको मुआब्जा महँगो नबनाइ विकास निर्माणको कामलाई सहज बनाउन सबैले सहयोग गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि हो।”
पढ्नुहोस्:
प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्घाटन