काठमाडौं। पोखरा विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल इन्स्टिच्यूट अफ साइन्ट एण्ड टेक्नोलोजी (सिस्ट)मा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने भएको छ। हल्ट पुरस्कार हल्ट इन्टरनेशनल बिजनेस स्कुल र युनाइटेड नेशन्स् फाउन्डेशनबीचको संयुक्त सहकार्य हो। पोखरा विश्वविद्यालय अन्तर्गतको सिस्ट कलेजमा हल्ट पुरस्कार कार्यक्रम पहिलो पटक आयोजना हुन लागेको हो।
यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्त राष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ र विजेता हुने विद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइज फाउण्डेशनको सहकार्यका यो प्रतियोगिता सञ्चालन हुन्छ।
यस पटक सिस्टमा आयोजना हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको उक्त कलेजले बताएको छ। प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले ३ देखि ४ जनासम्मको समूह बनाइ सहभागी हुन सक्ने सिस्टले बताएको छ।
यसरी दर्ता भएको समूहलाई दिइएको समस्या समाधानको उपाय प्रस्तुत गर्नुपर्छ। प्रतियोगीले प्रस्तुत गरेको समस्या समाधानको उपायलाई निर्णायकले मूल्यांकन गरी विजेता छनौट गरिन्छ।
सिस्ट हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको थिम फुड फर गुड रहेको छ। लाखौ मानिसलाई प्रभाव पार्न सक्ने नविन विचारहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गराई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशिलता प्रवर्द्धनमा लगाउने उद्देश्यले विश्वका १५० भन्दा बढी देशमा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने गरेको छ।
नेपालमा यसअघि त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टले हल्ट पुरस्कार प्रतियोगिता आयोजना गरेको थियो। लगातार तीन वर्ष त्रिभुवन विश्वविद्यालयमा हल्ट पुरस्कार प्रतियोगिता आयोजना भएको थियो। यस पटक पोखरा विश्वविद्यालयको सिस्टमा हुन लागेको यो प्रतियोगिता कहिले सञ्चालन गरिने भन्नेबारेमा भने खुलाइएको छैन।
" /> काठमाडौं। पोखरा विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल इन्स्टिच्यूट अफ साइन्ट एण्ड टेक्नोलोजी (सिस्ट)मा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने भएको छ। हल्ट पुरस्कार हल्ट इन्टरनेशनल बिजनेस स्कुल र युनाइटेड नेशन्स् फाउन्डेशनबीचको संयुक्त सहकार्य हो। पोखरा विश्वविद्यालय अन्तर्गतको सिस्ट कलेजमा हल्ट पुरस्कार कार्यक्रम पहिलो पटक आयोजना हुन लागेको हो।यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्त राष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ र विजेता हुने विद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइज फाउण्डेशनको सहकार्यका यो प्रतियोगिता सञ्चालन हुन्छ।

">