चितवनमा ५७ जना एचआईभी सङ्क्रमित थपिए
चितवन। सन् २०१९ को १० महिनामा चितवनमा ५७ जना नयाँ एचआईभी सङ्क्रमित थपिएका छन्।

१३ हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन्।

उनीहरूमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला छन्।

यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला छन्।

पुरुषले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ।

यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्