एसीसी इमर्जिङ टीम्स एशिया कपः नेपाल बंगलादेशसँग आठ विकेटले पराजित
काठमाडौं। बंगलादेशमा जारी एसीसी इमर्जिङ टीम्स एशिया कपमा नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको छ।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिले ब्याटिङ गरेको नेपालले १३८ रन मात्रै जोडेको थियो।

नेपालले ४४.३ ओभरमा दिएको १३९ रनको लक्ष्यलाई बंगलादेशले २४ ओभरमा भेट्टायो ।

समूह बीमा रहेको नेपालले हङकङलाई जिते पनि भारत र बंगलादेशसँग भने पराजित हुन पुग्यो।

ओपनरद्वय ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रन जोडेका थिए। तर, अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलरद्वय सोमपाल कामी र करण केसीले भने ५० रनको साझेदारी गरे।

सोमपालले ३८ रन बनाएका थिए। कप्तान मल्लले २२ तथा करणले १८ रन जोडे।

बंगलादेशका टेस्ट खेलाडी सौम्य सरकारलाई करण केसीले ११ रनमा आउट गरेका थिए।

त्यस्तै सुसन भारीले मोहम्मद नइमलाई ४५ रनमा आउट गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्