काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।

नेता, मन्त्रीहरू आफैंले घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको नेता नेपालले दावी छ।

“कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्”, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, “यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।”

नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न सरकारसँग माग गरे। कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरूमाथि कडा कारवाही गर्नुपर्ने उनको भनाइ छ।

उनले मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।

नेता, मन्त्रीहरू आफैंले घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको नेता नेपालले दावी छ।

“कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्”, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, “यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।”

नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न सरकारसँग माग गरे। कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरूमाथि कडा कारवाही गर्नुपर्ने उनको भनाइ छ।

उनले मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

"> मन्त्रीहरू घुस खाएर कर्मचारीको सरुवा-बढुवा गर्छन्ः माधव नेपाल: Dekhapadhi
मन्त्रीहरू घुस खाएर कर्मचारीको सरुवा-बढुवा गर्छन्ः माधव नेपाल
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।

नेता, मन्त्रीहरू आफैंले घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको नेता नेपालले दावी छ।

“कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्”, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, “यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।”

नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न सरकारसँग माग गरे। कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरूमाथि कडा कारवाही गर्नुपर्ने उनको भनाइ छ।

उनले मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्