दुई आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाए

काठमाडौं। राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन बुझाएका छन्।

समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझा र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपतिमक्ष बुझाएका हुन्।

उनीहरूले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन्।

संविधानको धारा २९४ को उपधारा (१) मा ‘यस संविधान बमोजिमका संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत् त्यस्तो प्रतिवेदन संघीय संसदसमक्ष पेश गर्न लगाउनेछ’ भन्ने उल्लेख छ।

यस्तै, उपधारा (२) मा उपधारा (१) बमोजिमको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरू संघीय कानून बमोजिम हुने उल्लेख छ।

धारा २९४ को उपधारा (३) मा ‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग–अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेश गर्न सक्ने’ उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्