ओरालो लय पछ्याउँदै नेप्से
काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोवारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ।

हिजाे पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ।

नेप्से झिनो अङ्कले घटे पनि कारोबार रकम भने औसतमा छ।

कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर ३५ करोड ६८ लाख ६१ हजार ८५७ रूपैयाँ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ।

जलविद्युत् ५.८९, उत्पादन ३८.९१, अन्य ०.३४, सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ।

यस्तै बैंकिङ ०.१, व्यापार ३१.८३, होटल २.१३, विकास बैंक ०.०८, वित्त २.३९, निर्जीवन बीमा १८.५१, लघुवित्त ०.५३, जीवन बीमा २९.२७ विन्दुले बढेको छ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा छ।

सो बैंकको आठ करोड ३९ लाख ६३ हजार ९९ रूपैयाँ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ।

यस्तै एनएमबी बैंक तीन करोड ६८ लाख ८१ लाख ६२०, प्राइम बैंक दुई करोड ६४ लाख ९२ हजार, कृषि विकास बैंक दुई करोड १६ लाख ६३ हजार ४६९, शिवम् सिमेन्ट दुई करोड पाँच लाख ६० हजार ६९०, नबिल बैंक एक करोड ७७ लाख सात हजार ९५३ र एनआईसी एशिया बैंक एक करोड ४० लाख १३ हजार १३ हजार ३२ रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष स्थानमा छन्।

कारोवारका आधारमा आज पनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९३ प्रतिशतले कमाए।

यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९१, सिनर्जी पावर ५.१९, विशाल बजार कम्पनी ३.९५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संसथा ३.२३, अरुण भ्याली हाइड्रोपावर ३.१६ र गुडविल फाइनान्सका शेयरधनीले ३.०५ प्रतिशतले कमाए।

त्यस्तै, यूनिभर्सल पावर ५.४०, हिमालयन पावर पार्टनर ३.५७, पाँचथर पावर ३.५७, सानिमा माई हाइड्रोपावर ३.१५, नबिल इक्विटी फण्ड ३.०२ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०१ प्रतिशतले गुमाएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्