काठमाडौं। गोरखापत्र संस्थानमा कार्यरत पत्रकार बासुदेव पोखरेलले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको भेटिएको छ।
सातौं तहबाट राजीनामा दिएका उपसम्पादक पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र पेश गरी त्यसैका आधारमा भर्ना भई बढुवा समेत लिएको भेटिएको छ।
उनको नक्कली शैक्षिक प्रमणमापत्र रहेको भन्दै उजुरी परेपछि आयोगले छानबिन थालेको थियो। आयोगले छानबिन थालेपछि पोखरेलले राजीनामा दिएका थिए।
उनलाई सघाउने त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाविरूद्ध पनि आयोगले मुद्दा दायर गरेको छ।
थपलियाले नक्कली प्रमाणपत्रको गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएकोले उनीविरूद्ध समेत आयोगले मुद्दा दायर गरेको प्रवक्ता कोइराराले जनाएका छन् ।
पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदावी गरिएको छ।
थपलियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
" /> काठमाडौं। गोरखापत्र संस्थानमा कार्यरत पत्रकार बासुदेव पोखरेलले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको भेटिएको छ।सातौं तहबाट राजीनामा दिएका उपसम्पादक पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

">