"> बेपत्ता र सत्य निरूपण आयोगमा परेका नाममा उजुरी गर्न पाँच दिनको समय: Dekhapadhi
बेपत्ता र सत्य निरूपण आयोगमा परेका नाममा उजुरी गर्न पाँच दिनको समय
काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य पदमा सिफारिस हुन इच्छुक व्यक्तिहरूका सम्बन्धमा सिफारिस समितिले उजुरी दिनका लागि पाँच दिनको समय तोकेको छ।

समितिले आज सार्वजनिक सूचना जारी गरेर सूचीकृत भएका नाममा कुनै उजुरी भए पाँच दिनभित्र दिनुपर्ने जनाएको हो।

समितिले व्यक्तिगत रूपमा फारम भरेका, संघसंस्थाबाट प्रस्तावित र समितिको तर्फबाट थपिएका गरेर ६१ जनाको नाम सार्वजनिक गरेको छ।

सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति बनाएको छ।

व्यक्तिगतरूपमा ५०, संघसंस्थाबाट चार र समितिले सातजनाको नाम थपेको हो ।

समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्टको नाम समावेश गरेको छ।

सदस्यमा श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम छ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिकको नाम समावेश गरिएको छ। सदस्यमा आइबहादुर गुरुङ र नरकुमारी गुरुङको नाम छ।

डा.गंगाधर अधिकारीको नाम भने दुवै आयोगको सदस्यमा समावेश गरिएको छ।

संघसंस्थाका तर्फबाट भने सत्य निरुपण तथा मेलमिलापमा माधवी भट्ट पराजुली र लक्ष्मी पोखरेल तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन चुडामणी शर्माको नाम प्रस्तावित गरिएको छ।

बिजुलकुमार विश्वकर्माको नाम भने दुवै आयोगको अध्यक्ष र सदस्यमा प्रस्तावित गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्